ताजा समाचार

News

कञ्चनपुर भिमदत्त नगरपालिका वडा प्रहरी कार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट

२०७४ बैशाख २७ बुधबार
image not found
बैशाख २७, सुदूर संञ्चार ।
 
कञ्चनपुर भिमदत्त नगरपालिका वडा प्रहरी कार्यालयले अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । चुनाव नजिकीएसंगै शन्ति सुरक्षा व्यवस्थालाई चुस्त बनाउदै लैजाने क्रमाम प्रहरी निरीक्षक टक्कर स्वारको नेतृत्वमा गएको गस्ति टोलीले भिमदत्त नगरपालिका वडा नं. १८ स्थित कालोपुल, गोबरैया र सालघारी बाट ५६० लि. घरेलु मदिरा बनाउन प्रयोग गरिने भाडा लगायत कच्चा पदार्थ र उत्पादन भई सकेको मदिरा नियन्त्रणमा लिएको थियो ।
 
जसलाई बुधबार (आज) पत्रकार सम्मेलन गरी नष्ट गरिएको छ । त्यसगरी सोही स्थानमा रहेका खुद्रा पसल, खोका, किराना बाट विना इजाजत बिक्रीको लागि राखिएको रोसलान भोडका, सौफी, सन्तरा, सिफट, वियर गरी १५ पेटी मदिरा नियन्त्रणमा लिएको छ । जसलाई आन्तरिक राजस्व कार्यालयमा बुझाउने र चुनाव नजिकीए संगै शन्ति सुरक्षा व्यवस्था लाई अझै कडा पारिने प्रहरी निरीक्षक स्वारले बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All