ताजा समाचार

News

सिमा व्यवस्थापन र पुनर्वासका समस्या समाधान नभए सम्म नाका बन्द कायमै राख्न ईलाका प्रशासनमा प्रदर्शन

२०७४ बैशाख २६ मंगलबार
image not found
हेमन्त न्यौपाने 
बैशाख २६, पुनर्वास । 
 
     पुनर्वासका खुला तथा अव्यवस्थित नाकाहरु व्यवस्थित गर्ने तथा भारतले विवादित बनाएको नेपाली भुमि सर्वेक्षण गरि टुँगो नलागे सम्म पुनर्वासको नाका बन्द कायमै राख्नुपर्ने माग राख्दै मंगलबार बिहान ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तीमा प्रदर्शन भएको छ । 
 
पुनर्वासको नाका खुलाउन ईलाका प्रहरी र ईलाका प्रशासनको भुमिका रहेको भन्दै ईलाका प्रशासन अगाडी करिब २ हजारको संख्यामा आएका पुनर्वासी जनताले प्रदर्शन गरेका थिए । 
 
पुनर्वासको मुख्य बजार आईबिआरडि र प्रतिभानगर बजार आज दिनभरलाई बन्द गरि बजार व्यावसायी, नेता तथा पुनर्वासी सर्वसाधारणले शान्तिपुर्ण प्रदर्शन गर्दै घुस्याहा प्रहरी मुर्दावाद, नाका खोल्न पाइदैन, राष्ट्रियता बेच्न पाइदैन जस्ता नारा लगाएका थिए । 
 
भारतीय बजार बसहीको बजार व्यवस्थापन समितिले उद्योग बाणिज्यसंघ पुनर्वास र सिमा समन्वय समितिलाई पत्राचार गर्दै नाका खुलाउन माग गरेपछि सोमबार उद्योग बाणिज्यसंघको सभाकक्षमा एक कार्यक्रम गरि छलफल गरिएको थियो । जस्मा ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिका प्रमुख नागेन्द्र प्रसाद जोशीले कार्यक्रमको प्रमुख अतिथिको आशनबाट बोल्दै पुनर्वासका नाका बन्द गरेर कसैलाई फाइदा नहुँने र सिमा सुरक्षा संघर्ष समितिले पनि सन्तोषजनक काम गर्न नसकेको बताएका थिए । 
 
जस्मा सिमा सुरक्षा संघर्ष समितिका अध्यक्ष चन्दमणि गैरेले आफुहरुले सक्ने र जिम्मेवारी पाएको काममा कुनै कसुर नराखेको बताउदैँ उनले प्रहरी प्रशासनले पनि संघर्ष समितिलाई साथ नदिएर धम्कीपुर्ण भाषा प्रयोग गर्दै नाका बन्द गरिराख्न नसकिने बताएको जानकारी गराएका थिए । 
 
सिमा सुरक्षा संघर्ष समितिलाई प्रहरी प्रशासनले सहयोग गर्न भन्दा पनि असहयोग गरेको र तस्करी गर्नेहरुलाई साथ दिएको निष्कर्ष निकाल्दै व्यापक छलफल पछि पुनर्वासका बजारहरु परिक्रमा गर्दै पुनर्वासीहरुले ईलाका प्रशासन कार्यालयमा प्रदर्शन गरेका थिए ।
 
प्रदर्शन पछी जनताहरुसंग माफी माग्दै प्रहरी तथा प्रशासनले जनताको भावना अनुरुप यहाँका माग तथा समस्याको सम्बोधन नभएसम्म नाका बन्द लाई निरन्तर नै राख्ने ईलाका प्रशासन कार्यालय त्रिभुवनबस्तिका प्रमुख नागेन्द्र प्रसाद जोशीले बताए । 
 
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले जनताको भावना अनुसार नाका बन्द नै कायम हुने बताए ।