ताजा समाचार

News

मोटर साईकल चोरी गर्ने गिरोहको एक जना पक्राउ

२०७४ बैशाख २५ सोमबार
रमेश प्रसाद भट्ट
बैशाख २५ बेलौरी ।
 
केही दिन यता कञ्चनपुर जिल्लाको दक्षिणी भेग बेलौरी र बेल्डाडी क्षेत्रमा मोटर साईकल चोरी गर्ने गिरोहको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यहि बैशाख २२ गते बेलौरी बजारबाट चोरी भएको यू.पि. ३२ एफ ४९११ नम्बरको मोटर साईकल सहित बेलौरी नगरपलिका वडा नम्बर १०  शिवनगर घर भएका अन्दाजी २० बर्षिया कृतेश उपाध्यायलाई प्रहरी चौकी भुडाले आईतबार साझ बेलौरी नगरपालिका वडा नम्बर १० भुडा गाउबाट पक्राउ गरेको हो । 
 
पक्राउ परेका उपाध्यायलाई सोमबार विहान आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको प्रहरी चौकी भुडाका प्रहरी सहायक निरिक्षक मान सिह ठगुन्नाले बताउनु भयो । उनी माथि चोरी सम्बन्धि मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक प्रकाश बहादुर चन्दले रेडियो सुदूर संञ्चारलाई जानकारी दिनु भयो । यसरी बैशाख महिनाको २२ गते सम्ममा यस क्षेत्रका बेलौरी र बेल्डाडीबाट तिन वटा भारतिय नम्बर प्लेटका मोटर साईकल चोरी भई सकेका छन् । 
 
यहि बैशाख ७ गते बेलौरी नगरपालिका वडा नम्बर ८ दुम्ली गगन विष्टको घरबाट रातिको समयमा यू.के.०७ वि.आर. २८६६ नम्बरको ब्लुड मोटर साईकल, २१ गते राति बेल्डाडी गाउपालिका वडा नम्बर २ ईलाका प्रहरी कार्यालय नजिक ईन्द्र दत्त भट्टको घरबाट यू.के ०३. ८७२३ नम्बरको डिस्कोभर र २२ गते दिउसो बेलौरी बजारबाट यू.पि. ३२ एफ ४९११ नम्बरको मोटर साईकल भएको थियो । 
 
यसरी रातिको समयमा र दिन धाडै मोटर साईकल चोरी हुन थाले पछि यस क्षेत्रका जनताले आफ्नो जनधनको सुरक्षाको माग गरेका थिए । पक्राउ परेकाबाट अरु चोरीमा संग्नलाई खोजी कडा कार्वाको माग गदै आफ्नो चोरी भएको समानको समेत क्षतिपुर्ति वा मोटरसाईकलको दिलाई दिनु पर्ने पिडितहरुको भनाई रहेको छ ।