ताजा समाचार

News

पुर्नवासमा रेडक्रस सोसाईटिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२०७४ बैशाख २५ सोमबार
रमेश प्रसाद भट्ट
बैशाख २५, सुदूर संञ्चार ।
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुर्नवास न.पा ६ टाउन बजारमा नेपाल रेडक्रस सोसाईटि पूर्नवास उपशाखाको आयोजनामा १५४ औ रेड्क्रस दिवसको अवसर पारेर विश्व रेडक्रस दिवस मनाउने उद्देश्यले आज एक कार्यक्रम बिच रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । 
 
त्रीभूवनवस्ती टाउन बजार सरसफाई गरी बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरुगरीएको रेडियो सुदुरसंञ्चारका पूर्नवास संवाददाता हेमन्ता शर्माले जानकारी गराउनुभएको हो ।
 
 उल्लेख्य रुपमा जनसहभागिता रहेको कार्यक्रममा ११ पुरुष र ३ जना महिला गरी १४ जनाले रक्तदान गरेका थिए। संकलित रगत नेपाल रेडक्रस सोसाइटि रक्तसंञ्चार सेवा केन्द्र धनगढीमा जम्मा गरीनेछ।  एन.आई.सी एशियाद्घारा प्रायोजित कार्यक्रममा  नेपाल रेडक्रस सोसाईटि रक्तसंञ्चार सेवा केन्द्र, धनगढीको सहयोग रहेको थियो।

प्रमुख समाचार

कर्मचारी

View All