ताजा समाचार

News

मेलमिलाप हस्तान्तरण कार्यक्रम सोमबार बेलौरीमा सम्पन्न

२०७४ बैशाख २५ सोमबार
रमेश प्रसाद भट्ट
बैशाख २५ बेलौरी ।
 
विगत १८ महिना देखि सेलर्डद्धारा बेलौरीमा सञ्चालित सामुदायिक मेलमिलाप हस्तान्तरण कार्यक्रम सोमबार बेलौरीमा सम्पन्न भएको छ । बेलौरी नगरपालिकामा सेलर्डद्धारा सञ्चालित परियोजना सकिए पछि आज एक कार्यक्रमका माझ सामुदायिक मेलमिलाप केन्द्रलाई बेलौरी नगरपालिकालाई हस्तान्तरण गरि कार्यक्रम सम्पन्न भएको हो । 
 
 बेलौरी नगरपालिका कार्यालयका कार्यकार िअधिकृत नर बहादुर बढाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायको सहभागिता रहेको थियो ।
 
र्काक्रममा सभापति एवंm बेलौरी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत वि.क.ले सामुदायिक मेलमिलापलाई बुझ्दै अब स्थानिय चुनावबाट निर्वाचित उप मेयरको संयोजकत्वमा मेलमेलाप कन्द्र रहने कानुनी प्रक्रिया रहेको बताए । यस्तै उहाले सामुदायिक मेलमिलाप केन्दले उल्लेख्य कार्य गरेको प्रति धन्यावाद समेत व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रममा मनतव्य राख्ने अधिकाशंले सामुदायिक मेलमिलाप केन्द्रले गरेको कार्यलाई उदाहरणि रहेको बताएका थिए ।
 
१८ महिनाको अवधिमा मेलमिलाप केन्द्रले समाजमा हुने भिन्न किसिमका झै झगडा, महिला हिंसा र किसानका जमिन सम्बन्धि विवाद २८४ मध्ये २२५ वटा विवाद्लाई मेलमिलाप गरेको सामुदायिक मेलमेलाप केन्द्रकी संयोजक ईन्द्र रानाले बताउनु भयो । 
 
 यसरी सामुदायिक मेलमिलाप केन्द्रले पिडित र पिडकलाई न्याय दिलाई विना पैसा विना झन्झड दुवैको जित हुने गरी मुद्धाहरु सामाधान गरीएको एक जाना मेलमिलाप सहजकर्ता भवानी शंकर रेग्मीले बतानु भयो ।