ताजा समाचार

News

निर्वाचनका वेला संयमित भएर पत्रकारीता गर्ने कंचनपुरका पत्रकारहरुको प्रतिवद्धता

२०७४ बैशाख २५ सोमबार
बैशाख २५, सुदूर संञ्चार ।
 
कंचनपुरका पत्रकारहरुले स्थानिय तहको निर्वाचनका वेला संयमित भएर पत्रकारीता गर्ने प्रतिवद्धता जनाएका छन । आज कंचनपुरमा आयोजीत हिंसा रहित निर्वाचनका लागी संचार माध्यमको भुमिका विषयका एक दिने कार्यशाला गोष्ठीमा कंचनपुरका छापा माध्यम र विद्युतिय माध्यममा कार्यरत सवै पत्रकारहरुले तटस्थ, निस्पक्ष, र विश्वसनिय समाचार संम्प्रेशण गर्ने प्रतिवद्धता जाहेर गरेका हुन । 
 
पत्रकार महासंघ कंचनपुरको आयोजनामा  र युएनडिपीको आर्थीक तथा प्राविधिक सहयोगमा भएको हिंसा रहित निर्वाचनका लागी संचार माध्यमको भुमिका विषयक कार्यशाला गोष्ठीमा उपस्थीत पत्रकारहरुले विगतका निर्वाचनमा भएका कमीकमजोरीलाई सच्चाउदै स्थानिय तहको निर्वाचनलाई मर्यादित र भएमुक्त वनाउन संचार माध्यम वाट पहल गर्ने प्रतिवद्धता जाहेर गरेका छन । साथै आचार संहिताको अक्षरस पालना गर्दै काम गर्ने र आचार संहिता पालना भए नभएको निगरानि गर्न पत्रकार महासंघले भुमिका निर्वाह गर्नु पर्नेमा जोड समेत दिईएको छ । 
 
कार्यक्रममा सहजकर्ताका रुपमा रहनु भएका अग्रज पत्रकार चित्राङ्ग थापाले निर्वाचनका वेला हुन सक्ने परिस्थिती विश्लेषण र सम्भावती चुनौतीका विषयमा वोल्दै पत्रकारले निर्वाचन पुर्व, निर्वाचनका वेला र निर्वाचन पश्चात वडो संवेदनशिल भएर काम गर्नु पर्ने वताउनु भयो । त्यसैगरि पत्रकार महासंघका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले पत्रकारहरुले सवैको कामलाई निगरानी गर्दै तटस्थ भएर कलम चलाउनु पर्ने वताउनु भयो ।
 
 यसका साथै पत्रकार महासंघ जिल्ला शाखा कंचनपुरका अध्यक्ष विष्णु अवस्थीले शान्ति पुर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न संचारकर्मीको भुमिकाका विषयमा जानकारी गराउनु भएको थियो । त्यसैगरि युनएनडिपीका कार्यक्रम संयोजक अर्जुन कुस्वहाले हिंसा रहित निर्वाचनका लागी संचारकर्मीको भुमिकाका विषयमा जानकारी गराउनुु भएको थियो ।
 साथै वाहाले पत्रकार समाजको ऐना भएको वताउदै सामाजिक सदभाव तथा लोकतान्त्रीक सहभागीतामा जोड दिदै कलम चलाउनु पर्ने आवश्यक्ता औल्याउनु भएको थियो । कार्यक्रममा कंचनपुरका सक्रिय पत्रकारहरुको उपस्थीती रहेको थियो । कार्यशाला गोष्ठी पत्रकार महासंघ जिल्ला कार्य समिति कंचनपुरका उपाध्यक्ष केशव साउदको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All