ताजा समाचार

News

बेलौरीको खुल्ला मञ्चमा बरघर भलमन्छा महतौ सम्मेलन सम्पन्न

२०७४ बैशाख २५ सोमबार
image not found
रमेश प्रसाद भट्ट
बैशाख २५ , सुदूर संञ्चार ।
 
थारु संस्कृति बचाउऔ, पर्यटन प्रवद्र्धन मार्फत आर्थिक विकास गरौ भन्ने मुल नाराका साथ आज बेलौरीको खुल्ला मञ्चमा बरघर भलमन्छा महतौ सम्मेलन सम्पन्न भएको छ ।
 
बेस नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रमका सभापति बेस नेपालका क्षेत्रीय अध्यक्ष रामलाल राना रहनु भएको थियो भने कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, बरघर भलमन्छा, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा विभिन्न थारु संस्कृति झल्कने किसिमका नृत्यहरु प्रस्तुत गरिएका थिए । साथै थारु संस्कृति रितिरिवाजको बारेमा समेत कार्यक्रममा चर्चा गरीएको वेस क्षेत्रीय अध्यक्ष रामलाल रानाले बताउनु भयो