ताजा समाचार

News

बेलौरी न.पा.३ र ५ मा समुदायमा आधारित खाद्य सुरक्षा तथा जिवीकोपार्जन परियोजना शुरु हुने

२०७४ बैशाख २५ सोमबार
रमेश प्रसाद भट्ट
बैशाख २५ , सुदूर संञ्चार ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ( एनएन .एस लब्लु.ए. NNSWA द्धारा यस बेलौरी नगरपालिका वडा नम्बर ३ र ५ मा समुदायमा आधारित खाद्य सुरक्षा तथा जिवीकोपार्जन परियोजना  CBLSFS प्रोजेक्ट मार्फत कार्यक्रम शुरु हुने भएको छ । आईतबार बेलौरी नगरपालिकामा एक कार्यक्रम गरी कार्यक्रम लागु गर्नु भन्दा पुर्व प्रारम्भिक बैठकको आयोजना गरेर कार्यक्रमको बारेमा बताईएको थियो ।
 
विशेष गरेर कृषि क्षेत्र लगायतका क्षेत्रमा कार्य गरिने परियोजनाका कर्मचारी रोशन चौधरीले बताउनु भयो । बेलौरी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत नर बहादुर वि.क. को सभापतित्वमा सम्पन्न भएको उक्त प्रारम्भिक बैठकमा विभिन्न कार्यालयका प्रमुख, राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।  यस भन्दा अगाडि NNSWA ले बेलौरी नगरपालिका भित्र विपत जोखिम न्युनिकरण सम्बन्धि कार्यक्रम समेत गदै आएको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All