ताजा समाचार

News

बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा परिचयात्मक स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७४ बैशाख २४ आइतबार
image not found
रमेश प्रसाद भट्ट
बैशाख २४, बेलाैरी ।
 
बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा परिचयात्मक स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार विहान उद्योग बाणिज्य संघको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा बेलौरी क्षेत्रमा विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख भई आउनु भएकाहरुलाई परिचयात्मक स्वागत तथा नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रेम सम्पन्न भएको हो ।
 
 बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत नर बहादुर वि.क रहनु भएको थियो । भने कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनु भयो ।
 
सो कार्यक्रममा नयाँ कार्यालय प्रमुखको रुपमा बेलौरी आउनु भएका  राष्ट्रिय बाणिज्य बैड्ढका प्रमुख श्रीधर भट्ट, नेपाल विद्युत प्रधिकरण प्रशाखा बेलौरी प्रमुख प्रविन कर्ण, कृषि सेवा केन्द्र बेलौरीका प्रमुख यक राज ओली र गत चैत्र महिनामा बेलौरी नगर विकास समितिका नव नियुक्त अध्यक्ष मोहन देव भट्ट  लगायतलाई कार्यक्रममा स्वागत गरिएको थियो ।
 
बेलौरी उद्योग बाणिज्य संघले विगत देखिनै यस क्ष्ोत्रमा कार्यालय प्रमुख भएर आउने र विदा भएर जानेहरुलाई विदाई कार्यक्रम गदै आएको बेलौरी उद्योग बाणिज्य संघका सचिव ज्ञानेन्द्र गौतमले बताउनु भयो । बरिष्ठ उपाध्यक्ष हिरामान श्रेष्ठको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भने शिवराज कडेलले गर्नु भएको थियो ।