ताजा समाचार

News

सहिद गोविन्द गौतम परिवारलाई मिडियाको आर्थिक सहयोग

२०७४ बैशाख २३ शनिबार
image not found
हेमन्त न्यौपाने
वैशाख २३,पुनर्वास ।
 
 अनलाईन मिडिया प्रवास खबर डट कम तथा बेलौरी नगरपालिका स्थित रेडियो सुदुर सन्चारको सामुहिक सहयोग बाट सहिद परिवारलाई आर्थिक रकम प्रदान गरिएको छ । प्रवास खबर डट कम तथा रेडियो सुदुर सन्चारले संकलन गरेको नगद रु १२,००० सामुहिकरुपमा सहिद गौतमकी आमा हरिदेवी गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको थियो ।
 
प्रवास खबर डट कमका प्रबन्धक तेज रैकलले महान विर सहिद गौतमको परिवारका नाममा संकलन गरिएको रकम सहिदकै घरमा पुगेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नो मिडियाका सहकर्मीहरु हरि महर, कमल धामी, राजेश कुमाल र रेडियो सुदुर सन्चारको टिमलाई धन्यवाद दिए । महान सहिद गौतम परिवारलाई आर्थिक सहयोग गर्न पाउदा अत्यन्तै खुशी लागेको रेडियो सुदूर संञ्चारका स्टेसन मेनेजर रमेश भट्टले बताए ।
 
अनौपचारिक कार्यक्रममा नेपाली कांग्रेस पुनर्वास सभापति यम प्रसाद पौडेल, नेकपा एमाले जिल्ला उपाध्यक्ष तथा पुनर्वास नगरपालिकाका लागी मेयर पदका उमेदवार जिवन राज थापा, माओवादी केन्द्रका जिल्ला संयोजक तथा पुनर्वास नगरपालिकाका लागी मेयर पदका उमेदवार विर बहादुर थापा, नेकपा एमाले उपमेयर पदका उमेदवार सारदा बिष्ट लगायत स्थानीय नेताहरु रवि थापा, कंचन गिरि, मिरा चन्द, गिता बस्नेत, अनिता तामाङ लगायत नेता तथा समाजसेविहरुको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा सहिद गौतम परिवारलाई समेटेर पुनर्वास घटनाको अझ उजागर गर्न तथा गिति माध्यमबाट कालान्तरसम्म अविस्मरणीय राख्न एउटा गिति एल्बम बनाउन लागिएको गायिका तथा सञ्चारकर्मी हेमन्ता शर्माले बताइन । उनले सो एल्बम निकाल्न लाग्ने रकम स्थानीय तह निर्वाचनका उमेदवारहरुबाट संकलन गर्न लागेको बताईन । उनले आफ्नो संगित, स्वर तथा शब्दको रकम नलिने बताउँदै सो एल्बमबाट आउने आर्थिक रकम सहिद परिवारलाई नै सहयोग गरिने बताईन ।
 

प्रमुख समाचार

कर्मचारी

View All