ताजा समाचार

News

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो ,पुश्कलले छमछमी नचाए, स्मृति आँफै नाचे

२०७४ बैशाख २२ शुक्रबार
image not found
मे ५ , टोकियो ।
 
 गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे ।प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् ।
 
लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना नभएको र आफूलाई पनि अप्ठ्यारो भयो भन्दै कालो स्कर्टमा स्टेजमा देखा परिन् । अनि सुरु भयो युवाहरुको वाहवाही । हट गायिकाको उपनामले चर्चामा रहेकी ज्योति दर्शकमाझ नै पुगेर मज्जाले उपस्थिती युवायुवतीहरुलाई छमछमी नचाइन् ।
 
उत्ताउला र समाजमा नपच्ने खालका गीत गाएर एवं अभिनय गरेर नेपाली लोक गीतमा विकृति भित्र्याएको भन्दै चौतर्फी आरोप खेप्दै आएकी गायिका ज्योतिले ‘जाले रुमाल’, ‘ढाडे बिरालो’, जिम्माल बाउकी छोरी, ‘पिरतीमा दम छ’ लगायतका गीत गाउँदै टोकियोस्थित मेगुरो कुमिन सेन्टर तताइन् ।
 
गोल्डेन बीको अवसरमा आयोजित ‘रंगीन साँझ २०१७’ मा उपस्थित युवायुवतीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै गरेकी ज्योतिले समयको मागअनुसार गीतको भावसँग मिल्दोजुल्दो छोटा पहिरनमा प्रस्तुती दिनुलाई अन्यथा लिनु नहुने बताइन् ।
 
 
 
सुरुमा मर्मस्पर्शी एवं बिरहपूर्ण गीतहरु गाएर दर्शकहरुलाई भावबिह्वल बनाएका लोकपि्रय गायक पुश्कल शर्माले पछि कार्यक्रममा रोमाञ्चक गीतहरु गाउँदै दर्शकहरुलाई छमछमी नचाए । शर्माले ‘शिरमा रातो डोरी’, ‘सालैजो’, ‘मलामी आईदिनु है साथी’, ‘दिल जलायो मेरो’, ‘मुटु जलाई जलाईँ लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे ।
 

प्रमुख समाचार

कर्मचारी

View All