ताजा समाचार

News

अस्ट्रेलियन मित्रको निधनमा नेपाली समाज स्तब्ध

२०७४ बैशाख २२ शुक्रबार
image not found
मे ५, सिड्नी ।
 नेपालीहरुको अस्ट्रेलिया बसाई सुरु भएदेखिका एक मित्र एलेक्स कोंदोसको हालै भएको निधनबाट अस्ट्रेलियन नेपाली समाज स्तब्ध भएको छ ।अस्ट्रेलिया स्थित नेपाली समुदायका एक नेता श्रीनापितले भने, ‘सन् सत्तरी,असी र नब्बेको दशकमा अस्ट्रेलियाको नेपाली समाजलाई उकास्न एलेक्स दम्पत्तीको ठुलो प्रोत्साहन थियो । जुन हामी कहिले बिर्सन सक्दैनौ ।’एलेक्स र उनकी जहान भिभिन नेपालीका यस्ता असल मित्र थिएकी उनीहरु नेपाली समुदायले गर्ने सबै कार्यक्रममा आउथे । भिभिनको गत वर्ष निधन भएको थियो ।
 
४० वर्ष पुरानो नेपाली समाजको लिगेशी धानिरहेको नेपाली अस्ट्रेलियन असोसिअसनका अध्यक्ष चुरामणि बेलबासेले अनलाइनखबरसंग भने, ‘हामी उहाँ जस्तो असल मित्रको निधनको दुःखद खबरबाट निकै मर्माहत भएका छौ । उहाँ हाम्रो अविभावक हुनुहुन्थ्यो । श्रीमती भिभिनले नेपाली समाजका बारेमा भक्तपुरमा बसेर गहिरो अनुसन्धान गरेकी थिइन भने अलेक्सले उनलाई सहयोग गरेका थिए । नेपाली समाज हुर्किदै गर्द सन् सत्तरी र असिको दशकमा उनको घरमा दसैँ को टिका लागउने गरिन्थ्यो भने अन्ने चाडबाडहरुमा पनि यो दम्पत्ती सहभागी हुन्थ्यो । उनीहरु नेपालबाट र्फकनेहरुसंग नेपाली मन्दिरबाट प्रसाद ल्याउन अनुरोध गर्दथे ।’
 
यो दम्पत्तिसंग लामो संगत गरेकी गैरआवाशीय नेपाली संघकि संरक्षक इन्दिरा वनले अनलाइन खबर संग भनिन, ‘मसंग उहाँहरुको योगदान र नेपाली सामाजप्रतिको प्रेम बारे बोल्ने शब्द नै छैन । उनीहरु बर्सेनी नेपाल जान्थे, नेपाललाई आफ्नो दोश्रो घर जस्तै सम्मान गर्थे ।’
 
सन् १९८५ मा नेपालका तत्कालिन राजा वीरेन्ऽको अस्ट्रेलिया भ्रमणका बेलामा पनि यो दम्पति निक्कै खटेको थियो ।नेपाली समुदायकी नेत्री इन्द्रा वनले अलेक्स र भिभिन दम्पतिको एक वर्षको बीचमा भएको निधनले आफू निकै दुःखी भएको बताइन ।
 
नेपाली समुदायका अर्का नेता चित्र तुम्बाहाम्फेले पनि भनेका छन्, ‘हार्दिक श्रदान्जली छ यी भुल्न नसकिने परेवा जोडीहरु प्रति ।’
कानून ब्यबसायी भरत पोखरेलले पनि उनीहरुलाई सझदै भनेका छन्,’उहाँहरुको आत्माले शान्ति पाओस ।’
 
युनिभर्सिटी अफ न्यू साउथ वेल्शका प्रोफेसर डा कृष्णकुमारश्रेष्ठले आफ्नो समबेदाना मन्तब्यमा भने-‘यो नेपाल र नेपाली जनता बिशेस गरि सिड्नी निवासीका लागि अपुरनीय क्षति हो, अलेक्सको आत्माले चीर शान्ति पाओस ।’ उनको आगामी मंगलबार अन्त्यष्टी गरिने उनको पारिवारिक श्रोतले बताएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All