ताजा समाचार

News

प्रहरीद्वारा दुई थान भरुवा बन्दूक बरामद

२०७४ बैशाख २२ शुक्रबार
image not found
बैशाख२२,पुनर्वास ।
 
कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका–८ बिचफाँटा कंकडबाट शुक्रबार बिहान ६ बजे प्रहरीले दुई थान भरुवा बन्दूक बरामद गरेको छ ।प्रहरी सहाक निरीक्षक लोकेन्द्र ठगुन्नाको कमाण्डमा रहेको प्रहरी टोलीले बेबारिसे अवस्थामा सडकमा फालिएको बन्दूक बरामद गरेको हो ।
 
प्रहरी निरीक्षक दलराम टमाटाले बेबारिसे अवस्थामा फेला पारिएको बन्दूक इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा राखिएको बताए । प्रहरी निरीक्षक टमाटाले बरामद गरिएको बन्दुकबारे आवश्यक छानबिन भइरहेको जनाएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All