ताजा समाचार

News

दक्षिणि क्षेत्रमा दिन प्रतिदिन चोरीका घटनामा बृद्धि, प्रहरी प्रशासन मौन ।

२०७४ बैशाख २२ शुक्रबार
रमेश प्रसाद भट्ट
बैशाख, २२, सुदूर संञ्चार ।
 
केहि समय यता बेलौरी र बेल्डाडीमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । केहि दिन अघि मात्रै बेलौरी नगरपालिका ८ दुम्लीबाट राति सुति रहेको अवस्थामा गगन विष्टको घरबाट बुलिड मोटर साईकल चोरी भएको कहि दिन नवित्दै बेल्डाडीमा पनि मोटरसाईकल चोरी भएको छ ।
 
 विहिवार राति बेल्डाडी गाउपालिका वडा नम्बर २ ईलाका प्रहरी कार्यालय बेल्डाडीको करिब २ सय मिटरको दुरीमा रहेको ईन्द्र दत्त भट्टको घरबाट डिस्कोभर मोटर साईकल चोरी भएको हो । रातिको समयमा घरमा सबै सुतिरहेको मौका छोपि घरमा चाबि लगाएर राखिएको जनक चन्दको नामा रहेको भारतिय नम्बर प्लेटको यू.के ०३, ८७२३ नम्बर भएको डिस्कोभर मोटरसाईकल चोरी भएको ईलाका प्रहरी कार्यालय बेल्डाडीका प्रहरी निरिक्षक गिन्द्र बहादुर बोकटीले जानकारी दिनु भयो ।
 
यसरी प्रहरी कार्यालय नजिककैबाट चोरीका घटनामा बृद्धि हुदा सम्म पनि प्रहरी प्रशासन मौन रहेको पाईन्छ । खुल्ला सिमा संग प्रत्यक्ष जोडीएको जिल्लाको दक्षिणि क्षेत्र बेलौरी, बेल्डाडीका जनताले शान्ति सुरक्षाको जिम्मा पाएको प्रहरी प्रशासनले आफुहरुको जिउ धनको सुरक्षाको गरेन्टी नगरे कसले गर्ने भन्ने प्रश्न गर्न थालेका छन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All