ताजा समाचार

News

उड्दाउड्दै जहाजको चक्का झर्‍यो

२०७४ बैशाख १७ आइतबार
image not found

वैशाख १७ – अमेरिकामा एउटा विमान चक्का बिना नै आकश्मिक अवतरण गरिएको छ । बेलिजीबाट फ्लोरिडाका लागि उडेका सानो विमानका पछाडीको एउटा चक्का उड्दाउड्दै झरेको थियो । त्यसपछि सारासोटा–ब्राडेनटन अन्तर्राष्ट्रिय विमानस्थलमा चक्का बिना नै विमानको आकश्मिक अवरण गरिएको हो । अवतरणको क्रममा रनवेमा विमानको चक्का नभएको भागले छुँदा आगोको झिल्का तथा धुवाँ निस्किएको थियो । तर घटनामा कोही पनि घाइते नभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । चक्का झरेपछि पाइलटले कन्ट्रोल टावरमा यसबारे जानकारी गराएका थिए । त्यसपछि सल्लाहमै चक्का बिना नै विमानको आकश्मिक अवतरण गरिएको हो ।