ताजा समाचार

News

मलेसियामा कार्यरत नेपाली कामदारको उपचारमा दूतावासले सहयोग गर्ने

२०७४ बैशाख ६ बुधबार
वैशाख  ६ – 
 
उपचारका क्रममा नेपाली कामदारको अस्पतालमा फर्स्याैट हुन नसकेका बिलको क्षतिपूर्तिका लागि मलेसियास्थित नेपाली दूतावासले सहयोग गर्ने भएको छ । वैधानिक रुपमा काम गरिरहेको भए उनीहरुको उपचार खर्च बिमा कम्पनीले तिर्नेछ । बिमा कम्पनीले तिर्ने भन्दा पनि बढी रकम भएमा दूतावासले अस्पताललाई रकम मिनाहा गरिदिनका लागि अनुरोध गर्ने दूतावासका द्वितीय सचिव प्रेमराज गौतमले बताउनु भयो ।
 
बिरामी अवैधानिक भएमा उनका आफन्तलाई जानकारी गराइने छ । उपचार खर्च बिमाबाट जति बढी उठेको छ त्यो पैसा आफन्तलाई तिर्न लगाएर अस्पतालबाट डिस्र्चाज भएपछि नेपाल फर्काइने छ । दूतावासले यो पैसा भने नतिर्ने द्वितीय सचिव गौतमले बताउनु भयो । 
 
गएको हप्ता मलेसियन स्वास्थ्य मन्त्रालयले त्यहाँको सरकारी अस्पतालमा उपचार गराउन विदेशी कामदारले धेरै रकम पहिले नै धरौटी राख्नु पर्ने नियम ल्याएको छ । नयाँ नियम लागु भए पछि अस्पतालले फर्स्याैट हुन बाँकी कामदारको विवरण सहित बिल फर्स्याैटका लागि अनुरोध गरेको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All