ताजा समाचार

News

बेल्डाँडी गाउँपालिकामा दलित हक अधिकार सम्वन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न भएको

२०७४ बैशाख ६ बुधबार
विमल धामी
बैशाख  ६ , कञ्चनपुर ।
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा मंगलवार नेपालको संविधानमा ब्यवस्था गरिएको दलित हक अधिकार सम्वन्धि १ दिने अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला दलित समन्वय समिति कञ्चनपुरको आयोजनामा बेल्डाँडीका दलित समुदायका नागरिकहरुलाई नायाँ संविधानले दलित अधिकार बारे अधिवक्ता तथा प्रमख प्रशिक्षक रुद्रमणि विकले प्रशिक्षण दिएका थिए । 
 
ऐनले दलितको हकमा गरेको ब्यवस्थाको वारेमा व्रिफिङ गरेका थिए । दलित समन्वय समितिका जिल्ला उपाध्यक्ष खडक एसके दलित अधिकार सम्वन्धि कञ्चनपपुर जिल्लाका सबै नपा, गाउँपालिकाका दलित समुदायमा अभिमुखिकरण गराईने जानकारी गराउनु भयो ।
 
बेल्डाँडी गाउँपालिकाका अधिकृत धर्मराज जोशीले यो संविधानले महिला, दलित, जनजातीका पक्षको बारेमा धेरै वकालत गरेको बताए । यसलाई कार्यन्वयन गराउन सबैले चुनावमा सहभागी हुनुपर्नेमा जोड दिएका थिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All