ताजा समाचार

News

ट्रम्पद्वारा विदेशी कामदार नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

२०७४ बैशाख ६ बुधबार
image not found
बैशाख ६, काठमाडौं । 
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।यो हस्ताक्षरसंगै ‘एच वन भिसा’ कार्यक्रमको समीक्षा पनि सुरु हुनेछ । ट्रम्पको कार्यकारी आदेश एच वन भिसा कार्यक्रमलाई नियन्त्रण गर्ने सुरुवात मानिएको छ ।अब एच वन भिसा सबैभन्दा दक्ष कामदार या सबैभन्दा बढी तलब माग गर्नेलाई सुनिश्चित गरिनेछ ।हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै भिसा प्रणालीको दुरुपयोग अन्त्य गर्ने माग सम्बोधन भएको बताए ।
 
विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले ठूलो संख्यामा अमेरिकीले काम पाउनबाट बञ्चित भएको ट्रम्पको भनाई थियो ।एच वन भिसाको समीक्षा गर्दै सुधारका लागि सुझाव पनि मागिने भएको छ । यस्तै सरकारी योजनामा विदेशी कम्पनीलाई काम नदिने नियम कडा रुपमा लागु गरिने छ ।
 
अमेरिकी राष्ट्रपतिले अमेरिकामा निर्मित बस्तुको बिक्री बढाउने आदेश पनि जारी गर्नु भएको छ ।यी दुवै आदेशलाई बाइ अमेरिकन, हायर अमेरिकन नीति अनुसार जारी गरिएको ह्वाईट हाउसले जनाएको छ ।अमेरिकाले प्रत्येक वर्ष ६५ हजार एच वन भिसा, चिठ्ठाको माध्यमबाट जारी गर्ने गरेको छ । (एजेन्सी)