ताजा समाचार

News

हत्याको दृष्य ‘फेसबुकमा लाइभ’ गर्ने व्यक्तिद्वारा आत्महत्या

२०७४ बैशाख ६ बुधबार
image not found
 बैशाख ६, काठमाडौं।
 अमेरिकाको क्लीभल्याण्ड शहरमा आफ्ना हजुरबुबाको हत्या गरेको दृष्य फेसबुकमा प्रत्यक्ष(लाइभ) देखाउने स्टिभ स्टिफन्सले आत्महत्या गरेका छन् ।प्रहरीले पिछा गरिरहेको समयमा उनले आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । गत आइतवार ३७ वर्षिय स्टिफन्सले ७४ वर्षीय रोबर्ट गुडविनको हत्या गरेको प्रहरीले जनाएको छ ।
 
हत्याको कारण भने खुल्न सकेको छैन । स्टीफन्सले अर्को एक भिडियोमा अरु १३ जनालाई पनि मार्ने चेतावनी दिएका थिए ।गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको प्रत्यक्ष दृष्य देखाइएको थियो ।मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य प्रत्यक्ष देखाइएको थियो । (एजेन्सी)
 

प्रमुख समाचार

कर्मचारी

View All