ताजा समाचार

News

बेल्डाँडीको कालोपत्रे १ हप्ता नबित्दै भत्कीन शरुस्थानीय वासीहरु ठकेदार प्रति आक्रोसित

२०७४ बैशाख ६ बुधबार
image not found
विमल धामी
बैशाख ६, कञ्चनपुर ।
 
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा दोस्रो पटक बन्न लागेको कालोपत्रेको काम १ हप्ता नबित्दै भत्कीन शरु भएको छ । कञ्चन निर्माण राष्ट्रिय कम्पनीले निर्माण गर्न लागेको काम एक तर्फी निर्माण कार्य शुरु भएको बेला अर्को तर्फी भत्कीन शुरु भएको छ ।
 
 बेल्डाँडी ग्रामिण क्षेत्र भएकोले निर्माण कार्यमा लाप्रवाही गरेको स्थानियको आरोप रहेको छ ।  स्थानिय वासीहरुले साइकल स्टेण्ड गर्ने बित्तिकै साइकल त्यही गाविने गरेको स्थानिय वासीहरुको भनाई रहेको छ । खुट्टाको कुर्काचाले हान्दा भत्कीने गरेको देखिएको छ । सोमवार स्थानियहरुले समाजिक संजाल फेसबुकमा कालोपत्रेको ब्यापक बिरोध गरेका छन् ।
 
समाजिक संजालमा कालोपत्रे गरेको फोटोहरु सार्वजनिक गरेर स्थानिय वासीहरुले आलोचना गर्न थालेका छन् ।बेल्डाँडी गाउँपालिकाले आफुलाई इन्जनियर नभएकाले बेदकोट बाट इन्जनियर मगाएर काम गरेको थियो । बेदकोट नगरपालिका बाट आएका इन्जनियर अतिश शाहीले भने काम स्टमेट अनुसार काम भएको दावी गरेका छन् । तर अहिले गर्मी मौसम भएकाले सेट हुन टाईम लाग्ने बताए । सेट हुन नपाएको बेला ठुला गाडी हाक्नाले समस्याले देखिन लागेको शाहीले स्वीकार गरेका छन् । 
 
बेल्डाँडी गाउँपालिकाका अधिकृत धर्मराज जोशीले भने आफु लाई पिजको बारेमा अध्यन नभएको र यस्तो अवस्था देख्दा आफुलाई पनि नराम्रो लागेको बताए । उनले फेरि पनि ठेकेदारलाई सोध्ने बताए र गुणस्तरिय काम हुनुपर्नेमा आफु लागि पर्ने बताए । 
 

प्रमुख समाचार

कर्मचारी

View All