ताजा समाचार

News

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२०७३ चैत ३० बुधबार
बेलौरी चैत्र ३० –
बेलौरीमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । राप्रपा बेलौरी नगर सभापति सुर्य बहादुर शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पार्टीका पुर्व सह–महामन्त्री धर्म राज जोशी रहुनु भएको थियो । भने शिविष्ट अतिथिमा निवर्तमान केन्द्रिय सदस्य तिर्थ राज चटौत, प्रदेश नम्बर ७ का ईन्चार्ज नन्दलाल चटौत, पुर्व जिल्ला अध्यक्ष पतिराम चुनारा, लगायत पार्टीका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागिता रहेको थियो । 
कार्यक्रममा विषेश गरेर स्थानिय तह निर्वाचनलाई लक्षीत गरेर पार्टीका धारणाहरु नेताहरुले व्यक्त गरेका थिए । यस्तै विभिन्न पार्टी परित्याग गरी आत्माराम दहालको नेतृत्वमा करिब ५५ जना पार्टी प्रवेश भएको राप्रपाका प्रदेश नम्बर ७ का ईन्चार्ज चटौतले बताउनु भयो । क्षेत्रीय सचिव कर्ण देव भट्टको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन भने  जय प्रकाश उपाध्यायले गर्नु भएको थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All