ताजा समाचार

News

बेल्डाँडीमा निर्माणधिन खानेपानीमा प्रहरीको अवरोध, काम ठप्प

२०७३ चैत ३० बुधबार
पहिलाद राना 
चैत्र ३०, कञ्चनपुर ।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा निर्माणाधिन खानेपानी योजनाको काममा प्रहरीले अवरोध खडा गरेको छ । बेल्डाँडी गाउँपालिका–२ मा निर्माणाधिन खानेपानी योजनाको काममा प्रहरीले अवरोध खडा गरेको हो । इलाका प्रहरी कार्यालय बेल्डाँडीले अवरोध खडा गरेपछी दुई दिनदेखि निर्माणको काम बन्द भएको निर्माण कम्पनीले जनाएको छ ।
 
 निर्माणको जिम्मा पाएको सेती महाकाली ड्रिल निर्माण कम्पनीका संचालक प्रेम विष्टले प्रहरीले आफ्नो जमिन भन्दै काम रोक्न भनेपछि काम रोकिएको बताए ।  उनका अनुसार चैत्र २४ गतेदेखि खानेपानीको काम शुरु भएको थियो । काम शुरु भएको ५ औँ दिन सोमबार प्रहरीले अवरोध गर्दा काम बन्द गरेर घर आएको उनले बताए ।
 
 ‘काम भईरहेका बेला दुई तिन जना प्रहरी आएर यो हाम्रो जमिन हो, यहाँ कुनैपनि निर्माणको काम नगर हामीलाई काम रोक्न माथिबाट आदेश आएको छ, ‘निर्माण कम्पनीका संचालक विष्टले भने, ‘प्रहरीले निर्माणको काममा अवरोध गरेपछि काम बन्द गरेको हुँ ।’  
 
जिल्ला खानेपानी कार्यालय कञ्चनपुरका ईन्जिनियर रोशन कुमार चौधरीले बेल्डाँडीमा खानेपानीका लागि डिपटुबेल निर्माण गर्नका लागि सेती महाकाली ड्रिल निर्माण कम्पनीसंग १४ लाखमा सम्झौता भएको बताए । उनका अनुसार प्रहरीले अवरोध गरेपछि निर्माण कम्पनी फर्किएको छ । निर्माण भएको हप्तादिन नपुग्दै प्रहरीले आफ्नो जमिनमा काम नगर्न जिकिर गरेर समस्या खडा गरिदिएको उनको भनाई छ । ‘प्रहरीले गृहको जमिन खानेपानीको नाममा नामसारी गराएर काम गर्न भनेको छ, ‘उनले भने, ‘यो जमिन प्रयोग गरे बाफत प्रहरीलाई अन्यन्त्र जमिन उपलब्ध गराएको रहेछ प्रहरीले आफैबाट समस्या खडा गरेको छ  ।’ 
 
प्रहरीलाई भवन निर्माण गर्नका लागि एक विगाऔँ जमिन उपलब्ध गराएपनि खानेपानी विकासको काममा प्रहरीले नै अवरोध सिर्जना गरेको भन्दै बेल्डाँडी राजनीतिक दलले प्रहरीको बिरोध गरेका छन् । 
 
नेपाली काँग्रेस बेल्डाँडीका नेता जनक धामीले तत्तकालिन बेल्डाँडी नगरपालिकाले प्रहरीलाई ईप्रका बनाउन विगाह भन्दा बढि जमिन नगरपालिका कार्यालय छेउमै उपलब्ध गराउने र ईप्रकाको गाउँमा रहेको जमिन खानेपानीका लागि प्रयोग गर्ने सर्वदलिय निर्णय भएको बताए । सर्वदलिय निर्णय भएपनि प्रहरीले एक्कासी आएर खानेपानीको काममा अवरोध सिर्जना गरेको उनले बताए । 
 
 ‘बेल्डाँडी नगरपालिकाले प्रहरीका लागि सुविधा सम्पन्न ठाँउमा जमिन दिएको थियो, ‘उनले भने, ‘उक्त जमिन बाफत प्रहरीले खानेपानीका लागि ५ कट्टा जमिन दिने सहमती भएको थियो ।’ प्रहरीले विगतमा भएको सहमती उलङघन गरेको उनको गुनासो छ । 
 

प्रमुख समाचार

कर्मचारी

View All