ताजा समाचार

News

एमाले सांसदद्वारा गृहमन्त्रीको राजीनामा माग

२०७३ चैत २८ सोमबार
image not found
 राजेन्द्र फुयाल
 
चैत्र २८, काठमाडौं । 
 
 
एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री बिमलेन्द्र निधीलाई ‘नालायक’ भन्दै राजीनामा माग गरेका छन् । आज भएको संसदको बैठकमा बिशेष समय लिएर बोल्दै भण्डारीले निधीलाई बस्ने अधिकार नभएको बताए । 
 
‘प्रधानमन्त्रीय प्रणालीमा क्याबिनेटमा जान्न भन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार छैन’, उनले भने । उनले आइजीपी नियुक्त गर्न नसक्ने सरकारले चुनावमा कस्तो सुरक्षा दिन्छ ? भन्ने प्रश्न गरे । भण्डारी अघि बोलेका एमाले सांसद सत्यनारायण मण्डलले सप्तरीस्थित आफ्नो घरमा संघीय समाजवादी फोरमका दिनेश यादव नेतृत्वको समूहले आफ्ना परिवारका सदस्यलाई दुव्र्यवहार गरेको भन्दै कारबाही माग गरे । 
 
उनले आफ्नी ६० वर्षीया आमा र २१ वर्षीय बुहारीलाई घरभित्रै पसेर लछारपछार गरिएको बताए । ‘मेरो परिवारमाथि दुव्र्यवहार गर्नेहरुलाई कानुनी कारवाहीको लागि माग गर्छु’, उनले भने,‘हामीले पनि कानुन हातमा लिने अवस्था नआओस् ।’ उनले एमाले सप्तरी ईञ्चार्ज सुमन प्याकुरेलको घरमा पुगेर परिवारका सदस्यलाई समेत मोर्चा कार्यकर्ताले दुव्र्यवहार गरेको बताए ।