ताजा समाचार

News

प्रवाशी नेपाली मञ्च क्यानडाको अध्यक्षमा थापा निर्वाचित

२०७३ चैत २८ सोमबार
image not found
चैत २८, टोरोन्टो ।
 
  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च, क्यानडाको अध्यक्षमा रमेश थापा निर्वाचित भएकाछन् ।अप्रील ९ तारिखमा टोरोन्टोमा भएको संस्थाको राष्ट्रिय अधिबेसनबाट थापा पुनः चार वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।यस्तै संस्थाको महासचिवमा बिशम्भर घिमिरे, उपाध्यक्षमा रबिन्द्र घिमिरे, पशुपती पोख्रेल र कुशुम ज्ञवाली निर्वाचित भएका छन् ।
 
सचिवमा सुजता गुरुङ, बेदनिधी गौतम, सुबास गिरी र कोषाध्यक्षमा सान्ताराम सापकोटा निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष गोपिकृष्ण काफ्लेले जानकारी दिए । नयाँ समिति ५१ सदस्यीय रहेको छ ।अधिबेसनको उद्घाटन एमालेका प्रतिनिधि तथा प्रवाशी नेपाली मन्च, अमेरिकाका निबर्तमान अध्यक्ष सन्जय थापाले गरेका थिए ।