ताजा समाचार

News

धनगढी प्रिमियर लिग २०७३सिवाईसी अत्तरीयाको विजयी सुरुवात

२०७३ चैत २८ सोमबार
image not found
चैत २८,धनगढी  ।
 
धनगढी प्रिमियर लिग क्रिकेट डिपिएलमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा सिवाइसीले काठमाडौं गोल्डेन्सलाई ४० रनले हराएको हो ।
 
एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । सिवाइसीका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिले ब्याटिङ गरेको सिवाइसीले ६ विकेटको क्षतिमा एक सय ४६ रन बनायो ।
 
उसका लागि योगेन्द्र सिंह कार्कीले ५७, ज्ञानेन्द्र कुँवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । सिवाइसी ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । प्रतियोगितामा ६ टिम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टिममा सुदूरपश्चिमका तीन शहरका तीन टिमसहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।
 
सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डिपिएलमा च्यारिटी खेलमार्फत आइतबार उद्घाटन भएको हो । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका सुवास शाहीले जानकारी दिनुभयो । खेल हेर्न ३०, ५०, ८० र एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि तीन हजार दर्शक अटाउने गरी अस्थायी प्याराफिटसहितको रंगशाला बनाइएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All