ताजा समाचार

News

९३ हजार ६ सय अमेरिकी डलरसहित क्याप्टेन पक्राउ

२०७३ चैत २८ सोमबार
image not found
चैत २८,काठमाडौं । 
 
  नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित आइतबार राति १० बजेर ४५ मिनेट जाँदा पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ-दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा उक्त रकम फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले जानकारी दिनुभयो । 
 
अवालले हातमा बोक्ने झोलामा उक्त रकम राखेर एयरपोर्टभित्र छिर्न लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनले छोरीलाई लगिदिनका लागि उक्त रकम बोकेको प्रहरीसमक्ष बताएका छन् । अवालेलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All