ताजा समाचार

News

निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीको वीमा गर्ने

२०७३ चैत २८ सोमबार
image not found
चैत्र २८ , बिराटनगर ।
 
 निर्वाचन आयोगले स्थानीय तहको चुनावमा खटिने कर्मचारीहरुको सुरक्षालाई ध्यान दिँदै उनीहरुको वीमा गर्ने तयारी गरको छ । चुनावमा बेला कर्मचारीमाथि कुनै क्षति भए उनीहरुका परिवारले वीमा मार्फत रकम पाउने छन् ।
 
निर्वाचनमा खटिने पूर्वाञ्चलका करिब १२० जना निर्वाचन अधिकृतहरुको तालिम उदघाटन गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावमा खटिने कर्मचारीको वीमा गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिए ।दाहालले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपुर्व रुपमा सम्पन गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको महत्वपूर्ण जिम्मेवारी हुने भएकाले निर्वाचन सम्पन्न गर्न चुनौती र अवसर दुवैका रुपमा लिन पनि निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए ।
 
‘चुनाव एकै चरणमा हुन्छ’ 
निर्वाचन आयुक्त दाहालले अहिलेको अवस्थामा मुलुकुभर एकै चरणमा आगामी वैशाख ३१ गतै नै निर्वाचन सम्पन्न गर्ने योजनाअनुरुप आयोगले तयारी अघि बढाएको जानकारी दिए ।बिराटनगरमा सोमबारदेखि सुरु भएको स्थानीय तह निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षणको उद्घाटन गर्दै आयुक्त दाहालले निर्वाचन आयोगको काम निर्वाचनको व्यवस्थापन मात्रै गर्ने भएकाले सोही अनुरुप आयोग अगाडि बढेको बताए ।
 
दाहालले निर्वाचनका तयारीका लागि कम्तिमा १२० दिन आवश्यक रहे पनि सरकारले दिएको जिम्मेवारी निर्वाचन आयोगले ८३ दिनकै गरेकोे बताए ।दुई चरणमा विभाजन गरी बिराटनगरमा आयोजना गरिएको निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षणमा पूर्र्वी नेपालका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी १२० जनाको सहभागिता छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All