ताजा समाचार

News

​मधेसी मोर्चाद्धारा आजको संसद बैठक बहिस्कार

२०७३ चैत २८ सोमबार
image not found
चैत२८, काठमाडौं । 
 
संविधान संशोधनको मागसहित आन्दोलनमा रहेका मधेस केन्द्रित दलले सोमबारको संसद बैठक पनि वहिष्कार गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जनाउ दिएलगत्तै मधेसी दलका सांसदहरु उठेर विरोध जनाएका थिए ।
 
सभामुखले समय दिएपछि बोलेका थरुहट तराई पार्टीका सांसद गोपाल दहितले सम्मानित सदनले आफुहरुको माग सुनुवाई नगरेको भन्दै कैलालीका प्रहरी नियन्त्रणमा रहेका थारुहरुलाई छोड्न सरकारसँग माग गरे ।
 
त्यसैगरी, आफ्ना मागहरुको सुनुवाई नभएसम्म संसद बैठक वहिष्कार गर्ने भन्दै उनले आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह दिन माग गरे ।सांसद दहितले बोलेपछि थरुहट तराई पार्टी र मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।
 

प्रमुख समाचार

कर्मचारी

View All