ताजा समाचार

News

दार्चुलाबाट काठमाडौँका लागी छुटेको बस बर्दीयामा दुर्घटना

२०७३ चैत २८ सोमबार
लोकेन्द्र प्रशाद जोशी 
चैत्र २८, दार्चुला | 
 
दार्चुलाबाट आइतबार बिहान ७ बजे काठमान्डौका लागी छुटेको ना ६ ख १२२७ नम्बरको बस बर्दीयामा दुर्घटना हुँदा बसमा सवार २७ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुमध्ये १५ जना मध्यम र बाँकी सामान्य घाइते रहेको बर्दीया प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
काठमाडौँ जाँदै गर्दा बर्दीयाको भुरीगाउँमा मोटरसाइकललाइ बाटो दिँदा दुर्घटना भएको चालकले बताएको प्रहरीले जनाएको छ । बसमा सवार ३८ जना रहेकोमा २७ जना घाइते भएका हुन । राति ११ बजे बिपरित दिशाबाट आइरहेको मोटरसाइकललाइ साइड दिदा बस दुर्घटना भएको हो ।बस चालक डडेल्धुराका २८ बर्षीय टेक बहादुर खडायत अहिले प्रहरी नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।  
 

प्रमुख समाचार

कर्मचारी

View All