ताजा समाचार

News

कांग्रेसको चुनावी सभा आजदेखि, अत्तरियामा पहिलो सभा हुँदै

२०७३ चैत २७ आइतबार
image not found
चैत २७- 
नेपाली कांग्रेसले आजदेखि स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चुनावी सभा थाल्दैछ । पहिलो सभा प्रदेश नम्बर ७ मा गर्दै कांग्रेसले चुनावी अभियान सुरु गर्न लागेको हो । कैलालीको अत्तरियामा हुने सभालाई कांग्रेसका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । यससँगै सात वटै प्रदेशमा सभा गरिने कांग्रेसले जनाएको छ ।
 
सभालाई संम्वोधन गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. सशांक कोइरालालगायत शीर्ष नेता अत्तरिया पुगिसकेका छन् ।स्थानीय निर्वाचनका लागि ‘काँग्रेसले बनायो नेपालको लोकतान्त्रिक संविधान !, स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई मतदान !!’ भन्ने नारा कांग्रेसले तय गरिसकेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All