ताजा समाचार

News

कञ्चनपुरमा स्वासप्रश्वास सम्बन्धीका विरामीको संख्या अधिक

२०७३ चैत २७ आइतबार
image not found
कञ्चनपुर चैत २७ -
जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङक अनुसार कञ्चनपुरमा स्वासप्रश्वास सम्बन्धीका विरामीको संख्या अधिक रहेको छ । गत वर्षको तथ्याङ्क अनुसार कञ्चनपुरमा श्वासप्रश्वास सम्बन्धी समस्या भएका विरामी अधिक रहेको पाइएको जनस्वास्थ्य कार्यालयका तथ्याङक सहायक धर्मानन्द गिरीले बताएका छन् ।
 
कञ्चनपुरमा गत वर्ष सम्म कुल जनसंख्याको ६ दशमलब ६ प्रतिशतमा माथिल्लो श्वासपश्वास सम्बन्धी समस्या भएका व्यक्ति रहेका छन् भने ५ दशमलव ६ प्रतिशत तल्लो श्वासप्रश्वास सम्बन्धी समस्या भएका रहेका छन् ।जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य नीरिक्षक परमान्नद भट्टले वातावरणीय सरसफाईको अभावमा श्वाप्रश्वासको संक्रमण बढि देखिने भएकाले आम नागरिकले वातावरणीय सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
 
उहाँका अनुसार सरसफाईकै कमीले गर्दा माथिल्लो श्वासप्रश्वास नाक, फोक्सो सम्बन्धी विभिन्न समस्या देखा पर्ने गर्दछन् । त्यस्तै धुलोधुवा रहित प्रदुषण युक्त वातावरणमा बस्नाले श्वासप्रश्वास सम्बन्धी समस्या आउने जनस्वास्थ्य नीरिक्षक भट्टले बताउनुभयो । श्वाप्रश्वास सम्बन्धी कुनै पनि समस्या देखा परेको तुरुन्त उपचार गराउनपर्ने डाक्टरको सुझाव रहेको छ ।