ताजा समाचार

News

भट्टराईले गरे देउवालाई आग्रह

२०७३ चैत २३ बुधबार
image not found

चैत २३ – दलीय आधारमा चुनाव चिन्ह पाउनुपर्ने आफूहरुको मागमा पहल गरिदिन नयाँ शक्ति पार्टी नेपालका संयोज डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । 

नयाँ शक्तिलगायत दलहरुको मागको विषयमा कांग्रेस सभापति देउवासँग बुधबार संयोजक डा. भट्टराई, परशुराम तामाङ, परि थापा, ऋषि कट्टेल लगायतका नेताले छलफल गर्नुभएको हो । 

छलफलमा कांग्रेस सभापति देउवाले अध्यादेश जारी गरेर भए पनि दलीय आधारमा चुनाव चिन्हका लागि आफूले पहल गर्ने बताउनुभएको नयाँ शक्तिले जनाएको छ ।

नयाँ शक्तिलगायतका केही दलले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधनका लागि दवाव दिँदै आएका छन् । उनीहरुले संसदमा प्रतिनिधित्व नगर्ने दललाई पनि चुनाव चिन्ह प्रदान गर्न माग गरेका हुन् ।

प्रमुख समाचार

कर्मचारी

View All