ताजा समाचार

News

फेसबुक ह्याक भो, अब धन्दा नमान्नुस् यसाे गर्नुस्

२०७३ चैत २३ बुधबार
यदि तपाईको फेसबुक एकाउन्ट कसैले ह्याक गर्‍यो भने के गर्नुहुन्छ ? यसलाई फिर्ता लिन धेरै कठिन छैन । आउनुस्, उपाय थाहा पाउनुस् ।
सबैभन्दा पहिले <https://www.facebook.com/hacked> मा जानुस् । यहाँ एउटा बटम देखिन्छ जसमा लेखिएको हुन्छ, Your account has been Compromised.
यसमा आफ्नो नाम, इमेल र तपाईंको एकाउन्टसित सम्वन्धित फोन नम्बरमध्ये कुनै एकको बारेमा जानकारी दिनुहोस् ।facebook-logo त्यस पश्चात तपाईंले आफ्नो एकाउन्ट सर्च गर्नुपर्नेछ । त्यसपछि पासवर्ड फिर्ता लिने काम सुरु गर्नुपर्छ ।
 
त्यतिबेला खुल्ने पेजमा आफ्नो पुरानो पासवर्ड हालिदिनुस् ।
 
जब गलत पासवर्डको म्यासेज आउँछ, त्यसपछि रिसेट पासवर्डको विकल्प छनोट गर्नुस् ।
 
ह्याकरले पक्कै तपाईंको इमेल पनि फेरिदियो होला, त्यसैले त्यस इमेलमा आफ्नोबारे जानकारी माग्न सक्नुहुन्न ।
 
त्यसपछि तपाईंको अगाडिको स्क्रिनमा लेखिएको हुन्छ, No longer have access to these ? त्यसमा क्लीक गर्नुस् । अनि आफ्नो इमेल दिनुहोस्,। जसमा फेसबेकबाट तपाईंलाई लिंक पठाइन्छ र तपाई आफ्नो पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।
 
तपाई स्क्रिनमा जे-जे गर्न भनिएको हुन्छ, त्यहि गर्नुस् । २४ घन्टाभित्र तपाईंको पासवर्ड फिर्ता हुनेछ । नयाँ पासवर्ड राख्दा त्यसको शब्द, नम्बर र स्पेसन क्यारेक्टरमा ध्यान दिनुहोस्, ताक कसैले अनुमान गर्न नसकुन् ।
 

प्रमुख समाचार

कर्मचारी

View All