ताजा समाचार

News

एउटा पार्टी र एउटै झण्डासहित एक हप्ताभित्रै मधेसी दलबिच एकता हुन्छ : यादव

२०७३ चैत २३ बुधबार

चैत २३ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता एवम् मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबिच छिट्टै एकता हुने बताउनुभएको छ । 

‘मधेस केन्द्रित दलहरुबिच एकता गर्ने कुरा समय र जनताको माग हो, त्यसैले हामी मधेस केन्द्रित दलहरुको एकता आवश्यक छ, ज्योतिषले सिफारिश गरेको शुभदिन पारेर हामी एकता घोषणा गछौं ।’ उहाँले एक हप्ताभित्रै पार्टी एकता घोषणा हुने बताउनुभयो । यादवले मोर्चाको अब एउटै पार्टी र एउटै झण्डा हुने दाबी गर्नुभयो । 

उहाँले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचनमा भाग नलिने स्पष्ट समेत पार्नुभयो । यादवले भन्नुभयो, ‘यो संविधानलाई पूर्ण नबनाईकन हामी निर्वाचनमा जाँदैनौं, यथास्थितिमा हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं ।’ उहाँले आफूहरु बिना नै निर्वाचन गराउने हो भने गराएर देखाउन सरकारलाई चुनौती समेत दिनुभयो । 

निर्वाचन सुरक्षा योजना

गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउनको लागि सरकारले स्थानीय तह सुरक्षा विशेष योजना स्वीकृत गरेर मातहतमा पठाइसकेको बताउनुभएको छ । मन्त्री बानियाँले एक हप्ताभित्रै मतदान केन्द्र र निर्वाचन क्षेत्रमा सुरक्षा निकायलाई परिचालन हुने समेत जानकारी दिनुभयो । 

बुधबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा मन्त्री बानियाँले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्ने बताउँदै भन्नुभयो, ‘सेना परिचालन हुन्छ, सेनालाई कस्तो भूमिकामा परिचालन गर्ने भन्नेबारे सरकारले निर्णय गर्छ, सेना परिचालन गर्न आवश्यक छ, सबै सुरक्षा निकायलाई परिचालन गरेर स्वतन्त्र, निस्पक्ष र धाँधलीरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुन्छ ।’ 

प्रमुख समाचार

कर्मचारी

View All