ताजा समाचार

News

भलिवल संघ र वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता

२०७३ चैत २० आइतबार

चैत २० – नेपाल भलिबल संघ र राष्ट्रिय वाणिज्य बैंकबिच ऐतिहासिक प्रायोजन सम्झौता भएको छ । आइतबार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकको रुपमा आगामी दुई बर्षको लागि नेपाल भलिवल संघलाई २० लाख रुपैयाँ सहयोग गर्नेछ ।भलिबल खेलमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता हो । सम्झौता कार्यक्रममा नेपाल भलिवल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपाली भलिवलले पाएको सफलतालाई राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनले झनै हौसाएको बताउनुभयो । वाणिज्य बैंकका अध्यक्ष रविन्द्र प्रसाद पाण्डेले भलिवल संघसँगको सम्झौताले संघ र बैंक दुवैलाई फाइदा पुग्ने बताउनुभयो ।

एनभिए आरबिबी राष्ट्रिय लिग हुने

यस्तै यहि चैत २९ गतेदेखि बैशाख ४ गतेसम्म तेस्रो राष्ट्रिय महिला तथा पुरुष क्लव लिग भलिवल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकसँग प्रायोजन सम्झौता भएपछि प्रतियोगिताको नाम एनभिएर आरबिबी राष्ट्रिय लिग राखिएको छ । प्रतियोगितामा पुरुष ८ र महिला ६ टोलीको सहभागिता हुनेछ ।

गत भदौमा भएको एनभिए क्लव च्याम्पियनसिपमा भाग लिएका मध्य पुरुषतर्फ शीर्ष ८  र महिलातर्फ शीर्ष  ६ स्थानभित्र पर्ने टोलीलाई यो प्रतियोगितामा सहभागी गराइएको नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ  हेल्प नेपाल स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लव, एपिएफ क्लव, पश्चिमाञ्चल भलिवल संघ, नेपाल प्रहरी, ढोरपाटन स्पोटर्स क्लव, जावलाखेल भलिवल तालिम केन्द्र र  मणिमुकुन्द भलिवल क्लव वुटबलले खेल्नेछन् ।

यस्तै महिलातर्फ  न्यू डायमन्ड क्लव,नेपाल प्रहरी, एपिएफ क्लव, वेस्टर्न टप्स, त्रिभुवन आर्मी क्लव र जावलाखेल स्पोटर्स क्लवले खेल्नेछन । हरेक टिमले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउने छन् । प्रतियोगितमा पहिलो हुनेले, दुई लाख रुपैयाँ, दोस्रो हुनेले एक लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौथो हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रमुख समाचार

कर्मचारी

View All