ताजा समाचार

News

अत्तरियामा अपिसैपाल सहकारीद्धारा डस्बिन बितरण

२०७३ चैत २० आइतबार
image not found
अत्तरिया,चैत्र २० -अत्तरिया विश्व सहकारी दिबसको अबसर पारेर अत्तरियामा रहेको अपी सैपाल बचत तथा रिण सहकारी सस्थाले फोहोर सन्कल्न गर्ने डस्बिन बितरण गरेको छ । सस्थाले  झन्डै ३५ हजार मुल्य बराबर को २५ थान सिमेण्टबाट बनेका रिङ्गहरु अत्तरिया उधोग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो । अपी सैपालको कार्यलयमा आयोजित कार्यक्रममा सस्थाका अध्यक्ष मेघ राज भट्टले रिङहरु अत्तरिया उधोग बाणीज्य संघका अध्यक्ष बसन्त रोकाया ललितलाई हस्तान्तरण गर्नु भयो ।
 
भट्टले अतरिया बजारको सरसफाइलाई योगदान पुगोस भन्ने उदेश्यले उक्त सामाग्री हस्तान्तरण गरिएको बताउनु भयो । अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष रोकायाले सहकारीले उप्लब्ध गराएका रिङहरुलाई बजारका बिभिन्न ठाउँमा राख्ने र सरसफाइलाई बिशेश ध्यान दिने बताउनु भयो । 
 

प्रमुख समाचार

कर्मचारी

View All