ताजा समाचार

News

बैतडीमा गर्मी बढेसँगै खानेपानीको समस्या

२०७३ चैत २० आइतबार
image not found
बैतडी, २० चैत -
गर्मीयाम सुरु भएसँगै बैतडीमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका–२ सलेना–६ मेलौलीमालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको हो । मुहानको पानी घट्दै जान थालेपछि खानेपानीको समस्या भएको स्थानीय मधु भट्टले बताउनुभयो । पुरानो खानेपानी आयोजना मर्मत सम्भार नहुँदा र जनसङ्ख्या वृद्धि हुँदा समस्या भएको छ उहाँले भन्नुभयो “खानेपानी नहुँदा पानीकै लागि एक घन्टा टाढा जानुपर्ने भएको छ” खानेपानीका लागि टाढा जानुपर्छ त्यो पनि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको समेत उहाँले बताउनुभयो ।
 
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट तीन दशकअघि बनाएको खानेपानी आयोजना जीर्ण बन्दा समस्या खानेपानीको समस्या भएको हो । मेलौली बजारमा खानेपानीको समस्या भएपछि जिप, घोडा खच्चरमा पानी बोकाउनुपर्ने बाध्यता रहेको स्थानीय सुरत पार्कीले बताउनुभयो । उहाँले भन्नुभयो “नजिक खानेपानीको मुहान नहुँदा टाढाबाट बोकाउनुपर्ने भएको छ” विशेष गरेर होटल सञ्चालकलाई खानेपानीको समस्या हुने गरेको छ ।
 
दशरथचन्द नगरपालिकाको ग्वाल्लेक मुहान करिब ११ किमी टाढाबाट मेलौलीमा खानेपानी लगेको भए पनि बेलाबेलामा मर्मत सम्भार नहँुदा समस्या हुने गरेको छ । यस्तै मेलौलीकै–२ सलेनामा खानेपानीको चरम समस्या भएको छ । सुक्खायाम सुरु भएसँगै आफूहरुले पानीका लागि एक घन्टाको पैदल दूरीबाट पानी ल्याउनुपरेको सलेना इन्दिरा चन्दले बताउनुभयो । अहिले खानेपानीका लागि एक घन्टाको दूरीमा रहेको कुवाबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय दीपा जोशीले जानकारी दिनुभयो ।
 
उहाँले भन्नुभयो “गाउँका कुवामा समेत पानी सुकेपछि खानेपानीको समस्या भएको छ” पानीको अभावमा शौचालय प्रयोग गर्न समेत समस्या भएको सलेना स्वास्थ्यचौकीका इन्चार्ज नारायण चन्दले बताउनुभयो । रासस
 

प्रमुख समाचार

कर्मचारी

View All