ताजा समाचार

News

(अपडेट) पेट्रोल पम्पमा लागेको आगोले बैंक पनि जल्यो, मान्छे सकुशल

२०७३ चैत २० आइतबार
image not found
डोटी, चैत २० –
डोटीको दिपायलमा रहेको जेबी आयल स्टोरमा लागेको आगोले नजिकैको बैंक पनि जलेको छ । दिपायलमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय आगोले जलेको हो । पम्पमा आगो लाग्न सुरु भए लगत्तै बैंकका कर्मचारी तथा सेवाग्राही बाहिर निस्किएका कारण मानवीय क्षती हुन पाएन । तर बैंकमा रहेको नगद तथा अरु जिन्सी सामान जलेर नष्ट भएको छ । बैंक परिसरमा रहेका गाडी पनि जलेका छन् । व्यस्त बजारमा लागेको आगो दमकल, सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउने प्रयास गरे पनि आगो नियन्त्रण बाहिर रहेको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All