ताजा समाचार

News

छोटो समयमै युवापुस्ताका ढुकढुकी बन्न सफल नव-मोडल:सुरज रावल

२०७३ चैत २० आइतबार
image not found
बेलौरी-चैत्र २०-
कञ्चनपुरको बेलौरी नगरपालिका ६ शान्तिपुरमा जन्मिएका सुरज रावल मोडलिङमा प्रवेश गरेको छोटो समयमै यवापुस्ता माझ लोकप्रिय बन्न सफल भएका छन। सानै देखी मोडलिङमा केहि गर्ने सोच भएका सुरज विगत दुई वर्ष देखी नेपाली मोडलिङ क्षेत्रमा निरन्तर सक्रिय रहेका  छन्। जस्तो सुकै गीतमा पनि आफ्नो अद्भुत अभिनयबाट सबैको मन चोर्न सफल सुरज अझै आफु भित्रको प्रतिभा निर्खान कडा मेहनतका साथ अघि बढिरहेको बताउन्छन।
 
 दुई वर्षदेखि मोडलिङ क्षेत्र अङ्गालेका नव-मोडेल सुरजले अहिले सम्म डेढ दर्जन भन्दा बढी आधुनिक र लोक गीतमा अभिनय गरीसकेका छन् । उनले ''बिछोडको पिडा'' लोक दोहोरी एल्बम बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यती मात्रै नभइ गीत लेखनमा समेत उत्तिकै अब्बल रहेका रावलले करीब आधा दर्जन गीतहरुको शब्द आफैले सीर्जना गरेका छन । सधै सान्त हसीलो र मीलनसार रहने रावल युवतीहरुको रोजाइमा समेत पर्न थालेका छन। कहि कतै भेटी हाले सेल्फी खीच्नेहरुको लुछातानी भइरहने कुरा घुमाउरो पारामा उहाले बताउनु भयो।
 
रावल अहिले पेसाले राष्ट सेवक नेपाल प्रहरी सेवामा आबद्द रहेका छन । आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो देशको लागी केहि गर्ने उद्धेश्यले नेपाल प्रहरीको जागीरे भएको उहाले बताउनु भयो। पछील्लो समयमा उहा लोक दोहोरी र कमेडी,आधुनीक  सबै खाले गीतहरु समेत अभिनय गर्न थालेका छन, आफुले अभिनय गरेका गरेका धेरै जस्तो गीतहरु बजारमा आइ सके पनि केही गीतहरु आउन बाकि रहेको समेत उहाले बताउनु भयो। ''सुरुका दिनहरुमा अभिनय गर्दा अलि अप्ठ्यारो लाग्ने गथ्र्यो'' मुस्कुरादै भन्नु भयो, ''अब त जस्तो सुकै गीतमा र जस्तोसुकै अभिनय गर्न सक्छु'' ।  भविष्यमा राम्रो कलाकार भन्ने सपना बोकेका सुरज राम्रो चलचित्रमा अफर आएमा खेल्ने बताउँछन्

प्रमुख समाचार

कर्मचारी

View All