ताजा समाचार

News

सुरक्षा समितिको आकस्मिक बैठक

२०७३ चैत १८ शुक्रबार

चैत १८ – सप्तरीमा बढ्दो सुरक्षा चुनौती र आउँदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि अहिले जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ । 

मधेसी मोर्चाका कार्यकर्ताहरूले सरकारी सम्पत्तिमा तोडफोड र तालाबन्दीमा उत्रिएपछि सप्तरीमा पछिल्लो समय सुरक्षा चुनौती थपिएको छ । मोर्चा कार्यकर्ताहरूले बिहीबार राजविराज नगरपालिकामा तोडफोड गरेका छ । यस्तै शुक्रबार मालपोत कार्यालयमा तालाबन्दी गरि कार्यालय प्रमुखलाई कार्यालय संचालन नगर्न चेतावनी दिएका छन् । 

आगामी चुनावलाई कसरी भयरहित वातावरणमा सम्पन्न गर्ने बारे छलफल केन्द्रीत  रहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताउनुभयो । 

बैठकमा जिल्ला पुलिस प्रमुख अनुराग दुबेदि, सशस्त्र प्रहरी प्रमुख रामाधर यादव, नेपाली सेनाका सप्तरी प्रमुख सेनानी डम्बरबहादुर बोहरा, सगरमाथा अञ्चल प्रहरी प्रमुख एसएसपी बलराम शर्मा पौडेल लगायतका सुरक्षा अधिकारीको सहभागी रहेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All