ताजा समाचार

News

मुक्ति समाजको बेलौरी नगर वर्डा भेला सम्पन्न

२०७३ चैत १६ बुधबार
image not found
रमेश प्रसाद भट्ट
 चैत १६,सुदूर संञ्चार  ।
 
नेपाल उत्पीडित जातिय मुक्ति समाज क्षेत्रीय कमिटिको आयोजनामा बेलौरी नगरपालिकाको वर्डा भेला बेलौरीको कृषि हाट बजारको सभा कक्षमा सिमाज हजो सम्पन्न भएको छ । मुक्ति समाजका क्षेत्रीय कमिटि अध्यक्ष मञ्जु सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि मुक्ति समाजका जिल्ला अध्यक्ष विनोद नेपाली रहनु भएको थियो । 
 
भने विहिष्ट अतिथिमा नेकपा एमाले बेलौरी नगरकमिटि अध्यक्ष बाबुरा न्यौपाने रहेका थिए । भने कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालीले मुक्ति समाजलाई सबै पार्टीको संगठन भन्दा फरक रुपमा अगाडि बढाई उत्पीडित समुदायका हक हितका लागि लाग्ने संगठन भएकाले आगामि दिनहरुमा पनि उत्पीडनमा परेकाहरुका लागि संगठनले काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
 
 यस्तै विशिष्ट अतिथि न्यौपानेले संगठनलाई आगामि दिनमा अझ सुधारका रुपमा अगाडि बढाई सबै उत्पीनमा परेकाहरुको हकहितमा जोड दिनु पर्नेमा बताए । बेलौरी नगरपालिका वडा नम्बर ४, ६ र ७ नम्बर वडामा कमिटी समेत गठन गरीएको मुक्ति समाजका जिल्ला अध्यक्ष नेपालीले बताउनु भयो ।
 

प्रमुख समाचार

कर्मचारी

View All