ताजा समाचार

News

चितवनको दुर्लभ एकसिंगे गैंडा शुक्लाफाँटामा सार्न एक सय जनाको टोली गठन

२०७३ चैत १३ आइतबार
image not found
चैत १३ , चितवन । 
चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गर्ने तयारी भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट चार वटा पोथी र एउटा भाले गैंडा चैत २१ गते शुक्लाफाँटामा सार्ने तयारी गरिएको हो ।
 
गैंडा स्थानान्तरणका लागि प्राविधिक, सुरक्षाकर्मी लगायत एक सय जनाको टास्क फोर्स बनाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । यसअघि सन् २००० मा चितवनबाट चार वटा गैंडा लगिएको शुक्लाफाँटामा अहिले नौ वटा गैंडा छन् । अब पाँच वटा गैंडा लगिएपछि त्यहाँ गैंडाको संख्या १४ वटा हुनेछ ।
 
शुक्लाफाँटामा गैंडाको लागि चाहिने बासस्थान राम्रो रहेकाले स्थानान्तरण गर्न लागिएको प्रमुख संरक्षण अधिकृत काडेलले बताए । चितवनबाट गैंडा लैजाने टोलीले नै शुक्लाफाँटाबाट दुर्लभ जनावर बाह्रसिंगा चितवन ल्याउने ल्याउने तयारी गरेको पनि उनले जानकारी दिए ।
 
शुक्लाफाँटाबाट ल्याइने बाह्रसिंगेलाई अर्नाका लागि बनाइएको घाँसे मैदान र पोखरी समेत रहेको इन्क्लोजरमा राखिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All