ताजा समाचार

News

मेची–महाकाली अभियानको समापन गर्दै सरकार र मधेसी मोर्चामाथि केपी ओलीले लगाए यस्तो आरोप

२०७३ चैत ४ शुक्रबार
image not found
चैत ४ , काठमाडौं । 
फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको नेकपा एमालेको मेची–महाकाली अभियानको आज (शुक्रबार) समापन गरिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरी अभियानको समापन गरिएको हो । एमाले अध्यक्ष केपी ओलीले अभियानले एमालेको लोकपृयता बढाएको बताएका छन् । 
 
अभियानको औपचारिक समापनका अवसरमा एमाले अध्यक्ष ओलीले १६ बुँदे विज्ञप्ती नै जारी गरे । जसमा ओलीले सरकारको चर्को आलोचना गरेका छन् ।