ताजा समाचार

News

कञ्चनपुरमा साढे चार लाखलाई हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाईने

२०७३ चैत ३ बिहिबार
image not found
पहिलाद राना
चैत्र २,कञ्चनपुर । 
कञ्चनपुरका साढे चारलाख व्यक्तिलाई हात्तीपाईले रोग बिरुद्ध औषधी खुवाईने भएको छ । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान अन्तरगत चालु आर्थिक बर्षमा चाल लाख, ७६ हजार, १ सय ५१ जनालाई औषधी खुवाईने भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चैत्र ५ गतेदेखि ७ सम्म हातीपाईले रोग बिरुद्धको डिएफसी र अल्बेन्डोल नामक औषधी खुवाउन लागेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले औषध खुवाउनका लागि सम्पूर्ण तयारी पुरा भईसकेको जनाएको छ ।
 
 जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज जोशीका अनुसार यस बर्ष दुई लाख, ३९ हजार, ८ सय ७९ पुरुष र दुईलाख ३६ हजार, २ सय ६२ पुरुषलाई उक्त औषधी खुवाउने लक्ष्य रहेको बताए । उनका अनुसार दुई बर्षभन्दा माथि र ७० बर्षमुनीका व्यक्तिलाई औषधी खुवाईने छ । दुई बर्षमुनी, गर्भवती र सिकिस्तलाई यो औषधी खुवाईने छैन् । 
 
पहिलो दिन जिल्लामा सबै केन्द्रहरुमा औषधी खुवाईने छ । भने दोस्रो दिन स्वमयसेविका र स्वास्थ्यकर्मीहरु मार्फत छुटफुटलाई घरदैलो गरेर भएपनि खुवाईने छ । ‘यो औषधी खाएर समान्य केही समस्या देखिनसक्छन्, ‘उनले भने, ‘समान्य समस्या आउँदैनमा आत्तिनु प्रदैन ।’ 
 
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले राष्ट्रिय अभियान भएकाले सबैले सचेतापुर्वक औषधी प्रयोग गर्नुपर्नेमा जोडदिदै । औषधी सेवन गरेर आफु र समाज स्वस्थ्य रहन समेत उनले आग्रह गरेका छन् । गत बर्ष ५लाख, ११हजार, ३सय ६७लाई औषधी खुवाउने लक्ष्य लिएपनि ३लाख, ८८हजार, २सय ५३ले मात्रै औषधी खाएका थिए । यस पटक पाँचौ चरणमा औषधी खुवाईन लागेको हो ।
 
 

प्रमुख समाचार

कर्मचारी

View All