ताजा समाचार

News

उग्रतारा बाल बिद्यालय ब्रिटिस काउन्सीलद्धारा सञ्चालित सामाजिक कार्य परियोजनाका लागि छनौछ

२०७३ चैत ३ बिहिबार
image not found
चैत्र ३,  सुदूर संञ्चार।
 
    बेलौरी नगरपालिका वडा नं ६ मा अवस्थित श्री उग्रतारा बाल बिद्यालय ब्रिटिस काउन्सीलद्धारा सञ्चालित सामाजिक कार्य परियोजनाका लागि छनौछ भएको छ ।ब्रिटिस काउन्सीलले नेपाल लगायत बिभिन्न देशहरुमा समाजमा रहेका सामाजिक कुप्रथाहरु, बिभिन्न रुढिवादी परम्परा, सामजिक अपराध, लैङ्गिक बिभेद आदि जस्ता कुप्रथाहरुका बिरुद्ध जनचेतना जगाउनका लागि देशका बिभिन्न बिद्यालयहरु संग सहकार्य गरी कार्य गर्ने गरेको छ ।
 
    सोही कार्यक्रम अनुसार ब्रिटिस काउन्सील र लक्ष्मी हुन्डाई ईन्टर कन्टीनेन्टल प्राईभेट लिमीटेडको सयुक्त आयोजनामा काठमाण्डौमा यहि चैत्र ५, ६ र ७ गते हुन गईरहेको क्तगमभलत ऋयगलअष् िधयचपकजयउ मा भागलिन सो बिद्यालयका बिद्यार्थी एवं शिक्षक प्रतिनिध आज काठमाण्डौ प्रस्थान गरेको बिद्यालयका संस्थापक तथा भाईस प्रिन्सिपल केशव सिह बिष्टले जानकारी दिए ।
 
    काठमाण्डौ बाट फर्किसके पछि, बिद्यालयले बिभिन्न संघ संस्थाहरुका साथै बेलौरी नगर पालिका तथा जिल्ला शिक्षा कार्यालय संग सहकार्य गरी सामजिक कुप्रथा बिरुद्ध जनचेतना जगाउन कार्य गर्ने बिद्यालयले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All