ताजा समाचार

News

पुनर्वास घटनामा घाईते भएका चापागाईको उपचारका लागि आर्थिक संकलन

२०७३ चैत ३ बिहिबार
चैत्र ३, सुदूर संञ्चार ।
 
केहि दिन अघि पुनर्वास नगरपालिका वडा नम्बर ८ आननन्द बजार नजिक भएको सिमा विवादका क्रममा भारतिय पक्षको कुटाईबाटबाट घाईते भएका बेलौरी नगरपालिका ६ शान्तिपुरका टिकाराम चापागाईको उपचारका लागि आर्थिक संकलन गरीएको छ । आज बेलौरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष टेक बहादुरको नेतृत्वमा रु ३० हजार ७० रुपयाँ संकलन गरीएको टेक बहादुर साउदले जनकारी दिनु भयो ।
 
बेलौरी बजारका व्यापारीहरुबाट उक्त रकम संकलन गरीको उहाले बताउनु भयो । घाईते चापागाईको उपचार नेपालगञ्जको एक अस्पतालमा उपचार भईरहेको छ । उहाको टाउको र शरिरका अन्य ठाउमा समेत गम्भिर चोट लागेको छ । उपचारमा आर्थिक समस्या भएपछि यसरी सहयोग स्वरुप विभिन्न क्षेत्रबाट आर्थिक सहयोग रकम संकलन हुन थालेको छ ।
 
यस्तै घाईते टिकाराम चापागाईको उपचारका लागि बेलौरी नगरपालिका वडा नम्बर ३ मा रहेको सरस्वति माध्यामिक विद्यालयले पनि आर्थिक संकलन गरेको छ । विद्यालयका स्टापहरुद्धारा संकलन गरिएको नगद रु १६ हजार ७२ रुपयाँ घाईते टिकाराम चापागाईकी आमा गोमती चापागाईलाई हस्तान्तरण गरिएको सरस्वती मा.वि. का प्रध्यानाध्यापक राम बहादुर बोहराले बताउनु भयो । यसरी उहाको उपचारमा सहयोगका लागि सबै देश भक्त नेपालीहरुमा हार्दीक अनुरोध समेत गरीएको छ ।
 

प्रमुख समाचार

कर्मचारी

View All