ताजा समाचार

News

आइसीसी अध्यक्षबाट शशांक मनोहरको राजीनामा

२०७३ चैत ३ बिहिबार
image not found
 चैत ३, काठमाडौं ।
 शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्षबाट राजीनामा दिएका छन् ।अध्यक्षमा नियुक्ति पाएको ८ महिना पछि व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन् ।
 
आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले भनेका छन्, ‘आफ्नो कार्यकालमा मैले आफ्नो शत प्रतिशत दिने प्रयास गरेको छु र सबै निर्देशकहरुको सहयोग लिएर सदस्य राष्ट्रहरुसँग सम्बन्धित मुद्दाहरुमा निश्पक्ष भूमिका निर्वाह गरेको छु ।’
 
‘तर मेरो व्यक्तिगत कारणले गर्दा मैले आइसीसी अध्यक्षको भूमिका निर्वाह गर्न सम्भव नभएकाले तत्काल लागू हुने गरी राजीनामा दिएको घोषणा गर्दछु ।
 
सन् २०१६ को मे महिनामा मनोहर आइसीसीको इतिहासमा पहिलो पटक स्वतन्त्र अध्यक्षको रुपमा निर्वाचित भएका थिए, जो कुनैपछि सदस्य राष्ट्रसँग सम्बन्धित थिएनन् ।
 
सन् २०१४ मा स्थापना भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड, क्रिकेट अष्ट्रेलिया र इंग्लिस क्रिकेट बोर्ड सम्मिलित ‘द बिग थर्ड’ को संरचनाबाट पछाडि हट्ने निर्णयमा मनोहरको प्रमुख भूमिका थियो ।
 

प्रमुख समाचार

कर्मचारी

View All