ताजा समाचार

News

प्रधानमन्त्रीको चीन भ्रमणको तयारी कमजोर

२०७३ चैत ३ बिहिबार
image not found
चन्द्रशेखर अधिकारी,
चैत्र ३, काठमाडौं - 
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन नसकिएसम्म आफू कतै नजाने धारणा व्यक्त गरेका थिए । तर, उनी एकाएक चीन भ्रमणको तयारीमा जुटेका छन् । छिमेकीसँगको सन्तुलन र सम्बन्धमा उनको निर्णय जायज हो । त्यही आधारमा चैत १० मा दाहाल चीन जाने गरी सबै प्रक्रिया अघि बढेको छ । तर, भ्रमणको तयारी मुलुकको कार्यकारी प्रमुखले गर्ने स्तरको हुन सकेको छैन ।
 
प्रधानमन्त्रीको भ्रमण नजिकिए पनि भ्रमणमा हुने सहमति र राखिने धारणा अझै आदन–प्रदानमा छन् । त्यसमा नेपाली पक्षको धारणालाई चिनियाँले कुनै क्रियाप्रतिक्रिया दिएका छैनन् । यसको मुख्य कारण हो, सरकार आफैं आफ्नो एजेन्डामा स्पष्ट नहुनु । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुनेगरी भ्रमणमा जानु राम्रो हो । यसका अतिरिक्त उनीसमक्ष राख्ने बुँदाहरू पूर्ण तयार गर्नुपर्छ ।