ताजा समाचार

News

स्थानीय तह कार्यान्वयनपछि सेवा प्रवाहमा समस्या छैन

२०७३ चैत ३ बिहिबार
नगेन्द्र सापकोटा 
 
 चैत ३, सुदूर संञ्चार ।
 
 सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै साविककै गाविस र नगरपालिकाका वडा कायम भएकाले सेवाग्राहीलाई कठिनाइ नहुने भएको छ ।  यसअघि स्थानीय निकाय हुँदा पनि सेवाग्राहीले सम्बन्धित गाविसबाटै सेवा लिएका र स्थानीय तह कार्यान्वयनमा आएपछि साविकको गाविस वा नगरपालिकाका वडा कार्यालय कायम भएकाले सेवा प्रवाहमा समस्या नहुने भएको हो ।  
 
सरकारले स्थानीय तह गठन आदेशमा साविक गाविसले सम्पादन गर्दै आएका काम स्थानीय तहले गर्ने उल्लेख गरेपछि सेवाग्राहीलाई सेवा लिन असज नहुने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।  कतिपयको बुझाइमा स्थानीय निकायबाट स्थानीय तह भएपछि सर्वसाधारण सेवाग्राहीको काम झन्झटिलो र अप्ठ्यारो हुन्छ भन्ने गलत सन्देश फैलिए पनि साविक गाविसले गर्दै आएका काम नवगठित वडा कर्यालयले गर्ने भएकाले अलमलमा नपर्न मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आग्रह गर्नुभयो ।  
 
‘सेवाग्राहीको काम स्थानीय तहको वडाबाट हुन्छ, केन्द्रमा जानु पर्दैन” उहाँले भन्नुभयो– “कतिपय व्यक्तिको बुझाइ स्थानीय तह भएपछि सेवाग्राहीको काम ठप्प हुन्छ कि भन्ने छ ।  त्यसो होइन, गाविसको काम वडाबाटै हुन्छ, अलमलमा पर्नुपर्दैन । ”
 
पूर्व गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाल पनि स्थानीय तह निर्माण भए पनि सेवाग्राहीको काममा कुनै अप्ठ्यारो र बाधा नपरेको बताउनुहुन्छ ।  उहाँका अनुसार यसअघि गाविस सचिवले गाविसको कार्यालयबाटै सेवाग्राहीको काम गरेका थिए ।  अहिले पनि सोही गाविस सचिवले साविककै गाविसको कार्यालयबाट वडा सचिवको हैसियतमा काम भएको छ ।  
 
स्थानीय निकायबाट स्थानीय तहमा रूपान्तण भएपछि सेवाग्राहीकै काम रोकिन्छ कि भनेर बुझ्नु भ्रम मात्र भएको धारणा व्यक्त गर्नुभयो ।  हिजोको जिविसले गर्ने कुरा अहिले स्थानीय तहले गर्ने भएकाले अधिकार झन् सेवाग्राहीको नजिक आएकाले स्थानीय निकायभन्दा स्थानीय तह सेवाग्राही मैत्री र नजिक भएको रिजालले बताउनुभयो ।  
 
मन्त्रालयका प्रवक्ता शर्माले भने वस्तुगत काम वडाबाट हुने र नीतिगत काम केन्द्रबाट हुने भएकाले स्थानीय निकायबाट स्थानीय तहमा रूपान्तरण भए पनि सेवा प्रवाहमा भने समस्या आएको छैन र आउँदैन ।  पहिला गाविस सचिव गाविसको प्रमुख भएकाले सचिवले विभिन्न कार्यालयसँग समन्वय गर्नुपर्ने भएकाले गाविसको कार्यालयमा कम मात्र बस्ने गर्दथे तर अहिले समन्वयनका काम सम्बन्धित गाउँपालिका र नगरपालिकाका कार्यकारीले गर्ने भएकाले वडा सचिव कार्यालयमा नै बसेर सेवा दिन्छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All