ताजा समाचार

News

पुनर्वास घटनाका कारण भारतीय बसई बजार पूर्ण ठप्प

२०७३ चैत ३ बिहिबार
चैत ३, सुदूर संञ्चार ।
 
गत बिहीबार नेपाल–भारत सीमा क्षेत्र पुनर्वास–८ मा भारतीय पक्षबाट कल्भर्ट निर्माणको विषयमा भएको घटनाका कारण भारतीय बसई बजार पूर्ण ठप्प भएको छ । नेपाली उपभोक्ताको भरमा चलेको लखिमपुरखिरी जिल्लाको सीमावर्ती भारतीय बसई बजार हप्तादिनदेखि पूर्ण ठप्प भएको हो । भारतको उत्तर प्रदेश लखिमपुर खिरी बसही बजार जो अहिले नेपाली बिना सुनसान अवस्थामा छ।  घटनाले नेपाल–भारत सीमा नाका बन्द भएपछि उक्त बजार आफै बन्द भएको स्थानीयले बताएका छन् । पुनर्वासका स्थानीय सागर गैरेले नेपालीको भरमा चलेको बसई बजार आफै बन्द भएको बताए ।
 
 उनका अनुसार सो बजारबाट पुनर्वास, बेलौरी लगायत आसपासका क्षेत्रका स्थानीय व्यवसायीले दैनिक घरयासी उपभोग्यका सामग्रीका साथै व्यवसायिक प्रयोजनका लागि सामग्री ल्याउने गरेका थिए । ‘घटनाले कुनै पनि नेपाली नागरिक भारतीय बजार जान पाएका छैनन्,‘उनले भने, ‘नेपाली त्यहाँ जान नसक्दा भारतीयहरुले सटर बन्द गरेर घरै बसेका छन् ।’ भारतीय पक्षबाट उक्त घटना हुँदा नेपालीलाई ठूलो मानवीय क्षति भएपनि भारतीय व्यवसायीहरुलाई पनि व्यवसायीक रुपमा घाटा भएको उनको भनाई छ ।अहिले पुनर्वास बेलौरीका स्थानीयहरुले दैनिक उपभोग्य सामग्री स्थानीय बजारबाट उपभोग गरिरहेका छन् । 
 
पुनर्वास सीमावर्ती स्थानीय गैरेका अनुसार उक्त बजारमा दैनिक लाखौँको कारोबार हुन्थ्यो । गैरेले नेपालीहरु बिना संचालन नै हुन नसक्ने बसही बजारका स्थानीय ब्यापारीले नेपालीहरु माथि नै ढुङ्गा मुढा गर्नु सोह्रै आना गलत भएको बताए । नेपालीलाई हेप्ने भारतीयको रबैयालाई यो सुनसान बसहीले राम्ररी झापड दिएको समेत उनले बताए । भारत हैन आफ्नै देशमा दैनिक उपभोग्य सामान खरिद गरि भारतीय हस्तक्षेप र हेपाहा प्रवृत्तिलाई कम गरौं भन्ने गैरेको सम्पूर्ण सीमावासी प्रति अनुरोध छ ।

प्रमुख समाचार

कर्मचारी

View All